राष्ट्रिय जनगणना २०७८ को गणक पदकोलागि पहिले सर्ट लिस्टमा छनोट भएका उमेदवाहरुको नामावलि प्रकासन सम्बन्धी जानकारी
राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरु सेवार करारमा लिनको लागि मिति २०७७ माघ ११ गते प्रकाशित सार्वजनिक सूचनाद्वारा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट अनलाईन प्रणाली मार्फत दरखास्त आह्वान भएअनुसार जनशक्ति व्यवस्थापन तथा अनुगमन प्रणालीमा मिति २०७७ चैत्र ११ गते सम्ममा प्राप्त हुन आएका गणक पदको पहिलो सर्ट लिष्ट मिति २०७८ बैशाख १५ गते प्रकाशन गर्ने भनिएकोमा देशव्यापी कोरोना महामारीको कारण समेतले गर्दा निर्धारित पहिलो सर्ट लिष्ट मिति २०७८ बैशाख २६ गते आइतबार वा सो पश्चात् प्रकाशित गरिनै व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कोभिड १९ को बढ्दो संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएको अवस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्। को मिति २०७८।०१।१९ को वैठकबाट "राष्ट्रिय जनगणना, २०७६ का सम्पूर्ण गतिविधि स्थगन गर्ने" निर्णय भएकोले सम्वन्धित सबैमा जानकारी गराइन्छ !
Added: 2021 May 11
Related
सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने
४ साउन,काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने... - 2 weeks ago
लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि
लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्ण... - 5 years ago
Copyright © 2026 Loksewa MCQ, All rights reserved. | Terms | Contact | FAQs